site stats
बाह्रखरी :: Baahrakhari
खेल
जिम्बाब्वेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने 
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टिम जिम्बाब्वेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुने खेलका लागि भएको टस जितेपछि घरेलु टिमका कप्तान क्राइग एर्भिनले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

Argakhachi Cement Island Ad

नेपाल र जिम्बाब्वेबीचकोे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एउटा मात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्ला १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्