site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मैनालीको ‘दृष्टिः दृष्टिकोण’ सार्वजनिक

काठमाडौं । समालोचक युवराज मैनालीको समालोचनात्मक कृति ‘दृष्टिः दृष्टिकोण’ एक कार्यक्रमका बीच सार्वजनिक भएको छ ।

मुक्तिनाथ दर्शन साहित्य समाजको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कवि बैरागी काइँलाले कृति सार्वजनिक गरे ।

कवि काइँलाले समालोचना विधा आफंैमा कठिन भए पनि सार्वजनिक कृतिले सबै खण्डमा न्याय दिन सकेको बताए ।

पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. लेखप्रसाद निरौलाले कृतिकार मैनालीले मुक्तकदेखि महाकाव्यसम्म, लघुकथादेखि उपन्याससम्म र पुरानादेखि नयाँ पुस्ताका कृतिसम्मको समालोचना कृतिमा समेटेको बताए ।

कार्यक्रममा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, प्रा. दिनेशराज पन्त, समाजका अध्यक्ष हरिभक्त सिग्देल महेश, प्रा.डा. कुलप्रसाद कोइराला, रामप्रसाद पन्त, राधेश्याम लेकाली, प्रह्लाद पोखरेल, शम्भु मैनाली, अर्जुनदेव भट्ट, विष्णुप्रसाद पन्तलगायतले बोलेका थिए ।

सार्वजनिक कृति साझा प्रकाशनले बजारमा ल्याएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro