site stats
बाह्रखरी :: Baahrakhari
खेल
मुकेश र राममायालाई स्वर्ण
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राममाया बुढाले युथ ओपन फाइभके रनमा शनिबार स्वर्णपदक जितेका छन् । एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित दौडको पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २७.८ सेकेन्डमा पूरा गरे । आर्मीकाद्वय श्रीकाश राई (१६ मिनेट ०८.६ सेकेन्ड) दोस्रो तथा सुशिलकुमार शाही (१६ मिनेट ०९.७ सेकेन्ड) तेस्रो भए ।

राममायाले निर्धारित दूरी तय गर्न १८ मिनेट ५३.२७ सेकेन्ड समय खर्चिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (१८ मिनेट ५५.५० सेकेन्ड)ले रजत तथा एपीएफकी आशा रावत (१९ मिनेट ३९.३२ सेकेन्ड) ले कास्य हात पारे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कार पाए । पाँचौँदेखि दशौँ स्थानमा दौड टुंग्याउने खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, पूर्वधावक बुद्धवीर लामा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपति, आयोजक परिवारका अध्यक्ष राजन खत्री, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडका लागि ४८ जिल्लाबाट ३८६ जना खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्