site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजनीति गर्ने व्यक्तिमा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्ने बताएकी छन् ।

शनिबार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुःखका विविध आयाम पुस्तक लोकार्पण गर्दै कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्ने गरी कमाएर बस्ने प्रवृत्तिभन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताइन् ।

Argakhachi Cement Island Ad

राजनीतिमा गएर जुका जस्तो टाँसिएर तीन पुस्ता, चार पुस्तालाई पुग्ने गरी कमाउने प्रवृत्तिमा परिवर्तन आउनुपर्ने उनको भनाइ छ ।

गरिब जनताले सिटामोल समेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौँ दिइरहनुपर्ने प्रवृत्ति समाप्त हुनुपर्ने जिकिर गर्दै उनले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई पाखा लगाएर युवाहरुलाई हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्