site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय अनुसन्धान विभागले माग्यो दरखास्त

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले स्थायी पदपूर्तिका लागि अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ । 

विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी अनुसन्धान अधिकृत ३० र अनुसन्धान सहायक ४१ जना माग गरेको छ । 

योग्यता पुगेका नेपाली नागरिकले विभागको वेबसाइटमार्फत अनलाइन फाराम भर्नुपर्नेछ । आवेदन ३० दिनभित्र दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक साता फारम भर्न सकिनेछ । 

121686973060.jpg

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्