site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी, वाग्मती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
फाइल तस्बिर

काठमाडौं । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेकोछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति कोसी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

देशका मध्य तथा पश्चिम तराईका भू–भागमा आज अत्याधिक गर्मी हुने सम्भावना रहेको विभागले जनाएको छ । अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ तथा वर्षाबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro