खेल

काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ ।
एसियाली खेलकुदका लागि शुक्रबार १२ खेलाडीको अन्तिम छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले जनाइन् ।
छनोट भएका खेलाडीहरुमा नेपाल पुलिसकी मानमति विष्ट, लुम्बिनी प्रदेशकी श्रृजनाकुमारी थारु, त्रिभुवन आर्मीकी गंगा घिमिरे, एपीएफकी रविना चौधरी र जयन्ती बडु, आर्मीकी मेनुका राजवंशी र अनुजा कुलुङ राई, एपीएफकी सुनिता थापा, पुलिसकी नितु गुरुङ, सुदूरपश्चिम प्रदेशकी कलावती पन्त, आर्मीकी इशा राई तथा पुलिसकी अर्पणा चौधरी रहेका छन् ।
एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउन लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १९:४२
प्रतिक्रिया दिनुहोस्