site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेशसभाको बैठक बस्दै

हेटौँडा । वाग्मती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।

बैठकमा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्नेछन् । उक्त बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भई आ–आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

असार १ गते बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले आव २०८०/८१ का लागि बजेट प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro