site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसियाडका लागि तेक्वान्दोमा ११ खेलाडी छनोट

काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोका लागि ११ जना खेलाडी छनोट भएका छन् ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजना भएको छनोट प्रतिस्पर्धाबाट ११ खेलाडीको अन्तिम छनोट गरिएको हो ।

Dabur Nepal
NIC Asia

छनोटमा क्यागोरीतर्फ पाँच पुरुष र चार महिला खेलाडी छनोट भएका हुन् । यस्तै, पुम्सेमा समान एक पुरुष र महिला गरेर दुई खेलाडी छ्नोट भए ।

पुरुष ५८ किलोग्राममा राहुल कुमाल, ६३ किलोग्राममा कृष्ण आले, ६८ किलोग्राममा वीर महरा, ८० किलोग्राममा अभिषेक बराल र ८७ किलोग्राममा ज्याकी यादव छनोट भए ।

महिलातर्फ ४९ किलोग्राममा अञ्जली तामाङ, ५३ किलोग्राममा आयुशा लामा, ५७ किलोग्राममा सन्ध्याकुमारी सिंह र ६७ किलोग्राममा इन्द्रा बस्नेत छ्नोट भए । यस्तै, पुम्सेमा प्रेम लिम्बू र स्वस्तिका तामाङ छ्नोट भए । छनोट भएका ११ मध्ये सात खेलाडी नेपाल पुलिस क्लब र चार खेलाडी त्रिभुवन आर्मी क्लबका हुन् ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro