site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यातायात व्यवसायीद्वारा महानगरको निर्देशनको विरोध
Sarbottam CementSarbottam Cement

काठमाडौं । यातायात क्षेत्रका विभिन्न संगठन र व्यवसायीहरूले असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको निर्देशनको विरोध गरेका छन् ।

यातायात व्यवसायी र विभिन्न संगठनहरूले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरको उक्त निर्णयको विरोध गरेका छन् । यातायात व्यवसायीहरूले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै सच्याउनसमेत माग गरेका छन् ।

यातायात व्यवसायी र विभिन्न संगठनहरूले महानगरको उक्त निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरूको रोजीरोटी खोसिने भन्दै निर्णय पुनरावलोकन गर्न महानगरसँग माग गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरले निर्णय नसच्याएको खण्डमा सडक आन्दोलन गर्नेसमेत उनीहरूको चेतावनी छ । महानगरले निर्णयमा पुनरावलोकन गर्नुको विकल्प नरहेको यातायात व्यवसायीहरूको भनाइ छ ।

पूर्व अरनिको यातायात प्रा.लि. का अध्यक्ष केदार क्षेत्रीले यातायात क्षेत्र व्यवस्थापनमा कमजोरी रहेपनि अहिले नै यो निर्णय कार्यान्वयनका लागि चुनौती रहेको बताए ।

Global Ime bank

महानगरले परिवर्तनको नाममा सुनियोजित रूपमा यातायात व्यवसायी र यात्रुलाई मर्का पर्नेगरी निर्णय गरेको आरोप उनको छ ।

त्यसैगरी नेपाल यातायात मजदुर संगठनका केन्द्रीय महासचिव जगन्नाथ गौतमले राज्यको लगानीबाट चल्नुपर्ने यातायात क्षेत्रमा निजी क्षेत्रले लगानी गरेर सरकारलाई सहयोग गर्दापनि यातायात व्यवसायीविरुद्ध महानगरले क्रुर निर्णय लादेको आरोप लगाए ।

महानगरपालिकाले आगामी असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने  सबै सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।

लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनमा यात्रु चढ्न र ओराल्न नयाँ बसपार्कमै पुर्‍याउनुपर्ने महानगरको निर्देशन छ । महानगरले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टरसमेत बसपार्कभित्र नै लैजान भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय