site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धमाधम हटाइँदै अव्यवस्थित तार

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थित रूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायत तार व्यवस्थापनको काम धमाधम भइरहेको छ ।

महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेटलगायत केबल व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो ।

तर, व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको काठमाडौं महानगरपालिका–९, सिनामंगलका ज्ञानु राणाले बताइन् ।

उनले भनिन्, “अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो हो । तर, काटिएका तार सडकमा छोडिएका कारण त्यसले दुर्घटना निम्तिनुका साथै पैदलयात्रुलाई पनि समस्या हुने गरेको छ ।”

बानेश्वर, थापागाउँलगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीले अहिले तार काटेर फुटपाथमै भद्रगोल रूपमा छाडेका कारण अल्झिएर लड्ने खतरा बढेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य गएको वैशाख २५ गतेबाट सुरु भएको हो । सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षलाई हेर्दै महानगरपालिकाले पहिलो चरणमा माइतीघरदेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्न सुरु गरेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए ।

पछिल्लो समय काठमाडौं महानगरभित्र अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो भएको नयाँ बानेश्वरका स्थानीय मुकेश हमालले बाए । उनले भने, “तार व्यवस्थापन गर्दा राम्रो त देखिएको छ, तर बाटोमा तार फालिएका कारण पैदलयात्रुलाई समस्या हुने गरेको छ । बाटोमा फालिएका तार चाँडो व्यवस्थापन गरिनुपर्छ ।”

काठमाडौं महानगर प्रहरी बलका प्रमुख पाण्डेले एकीकृत तार व्यवस्थापन गर्दा निस्केका तार तथा काटेर बाटोमा राखिएका तारलाई सुरक्षित व्यवस्थापन गर्न तत्काल निर्देशन दिने बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro