देश

काठमाडौं । देशका केही स्थानमा शनिबार (असार ७) पनि वर्षा भएको छ । यति बेला (शनिबार अपराह्न ४ः५५ बजे) सिन्धुपाल्चोकका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, उक्त वर्षा गराउने बादल पश्चिमतर्फ सर्दै छ । कोसी, वाग्मती, मधेस र गण्डकी प्रदेशका अरू केही स्थानमा समेत हल्का वर्षा भइरहेको छ ।
“बाँकी प्रदेशका एक/दुई स्थानमा समेत हल्का वर्षा भइरहेको र थप वर्षा समेत हुन सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहोला,” महाशाखाले भनेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ७, २०८२ १७:०७
प्रतिक्रिया दिनुहोस्