site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
औसत मितिअनुसार मनसुन सुरु हुने दिन आज, कहिले प्रवेश गर्छ नेपालमा मनसुन ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । औसत मितिमा सुरु भएको भए आज नेपालमा मनसुन भित्रिने दिन हो । जुन १३ नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति हो । तर, सधैँ यही दिनबाट मनसुन सुरु हुन्छ भन्ने होइन । मौसमविद्हरूका अनुसार यो भन्दा केही दिन अगाडि अथवा पछाडि मनसुन भित्रिरहेको हुन्छ । 

यो वर्ष पनि औसत मितिभन्दा केही दिन ढिलोगरी मनसुन नेपाल प्रवेश गर्ने भएको छ । मौसमविद् रोजन लामिछाने अबको एक/दुई दिनमा मनसुन नेपाल प्रवेश गर्ने बताउँछन् । “यो वर्ष नेपालमा मनसुन प्रवेश गर्न त्यति धेरै ढिलो हुुने छैन,” रोजन बाह्रखरीसँग भन्छन्, “अबको एक/दुई दिनमै मनसुन नेपाल प्रवेश गर्ने सम्भावना छ ।” 

मध्य तथा पश्चिम तराईमा आगामी चौबीस घण्टा उच्च गर्मी हुने

Prabhu Bank
Agni Group
NIC Asia

हाल मनसुन भुटान, वंगलादेश हुँदै भारतको दक्षिण–पूर्वी भागमा आइपुगेको रोजनको भनाइ छ । उक्त क्षेत्रबाट मनसुन नेपाल आइपुग्न २४ देखि ४८ घण्टा लाग्ने गरेको उनले जानकारी दिए । 

यो वर्ष कम वर्षा हुने
विभागका अनुसार यो वर्षको मनसुनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ । 

Global Ime bank

यो वर्षको जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ । यद्यपि, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानअनुसार फरक रहेको विभागको भनाइ छ । 

कति हो नेपालको हालसम्मकै उच्च तापक्रम ? यो वर्ष ‘रेकर्ड ब्रेक’ हुने हो ?

“सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका धेरैजसो भू–भाग र कोसी प्रदेशका दक्षिण–पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ,” विभागले भनेको छ, “वाग्मती, मधेस र कोसी प्रदेश तथा अन्य प्रदेशका केही भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

मनसुनमा साढे १२ लाख नागरिक प्रभावित हुने
यो वर्षको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यनूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा नोपलभर १२ लाख ५० हजार नागरिक प्रभावित हुने जनाएको हो । 

कोसी प्रदेशमा तीन लाख एक एक हजार १४३, मधेस प्रदेशमा चार लाख तीन हजार १८०, वाग्मतीमा ९६ हजार ८५८, गण्डकी प्रदेशमा ६९ हजार ७४४, लुम्बिनी प्रदेशमा एक लाख ९९ हजार ८६२, कर्णाली प्रदेशमा ३५ हजार ३३३, सुदूरपश्चिम प्रदेशमा ४७ हजार ६० नागरिक मनसुनबाट प्रभावित हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । 

यो वर्ष मनसुनमा साढे १२ लाख नागरिक प्रभावित हुने

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० स्वीकृत गसिकेको छ ।

नेपालबाट औसतमा अक्टोबर २ मा मनसुन बाहिरिन्छ । तर, यो पनि औसत समय मात्रै हो । योभन्दा केही अगाडि वा पछाडि मनसुन बाहिरिन सक्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement