अर्थ व्यवसाय
काठमाडौं । कान्तिपुर टेलिभिजन नेटर्वक लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जेठ २८ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले निष्कास गर्न लागेको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यो कम्पनी कान्तिपुर मिडिया ग्रुप अन्तर्गत सञ्चालित छ । मिडिया क्षेत्रको यो दोस्रो आईपीओ हो ।
पहिलोपटक नागरिक पत्रिका प्रकाशन गर्दै आएको रिपब्लिक मिडियाले आईपीओ निष्कासन गरिसकेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० १९:५०
प्रतिक्रिया दिनुहोस्