site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आइएमई २३औँ वर्षमा प्रवेश : रेमिटेन्स सेवालाई थप परिस्कृत, सरल र सुरक्षित बनाइने

काठमाडौं । आइएमई लिमिटेड २३औँ वर्षमा प्रवेश गरेको छ ।

२३ वर्ष प्रवेश गरेको अवसरमा ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मुल नाराका साथ कम्पनीले विशेष कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा आइएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले यस यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राही, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकाय, व्यावसायिक साझेदारहरू, कर्मचारीलगायत सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गरे ।
 
उनले ग्राहकको रोजाई, आवश्यकता तथा बजारको गतिशिल भइरहेको उल्लेख गर्दै अत्यधुनिक प्रविधिको प्रयोग गरेर रेमिटेन्स सेवालाई अझ परिस्कृत, सहज र सुरक्षित बनाउदै लैजाने बताए ।

सोही अवसरमा आइएमई लिमिटेडका सञ्चालक तथा आइएमई गु्रपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रर्वद्धन गरी फिनटेकको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप परिस्कृत, सरल र विविधिकरणतर्फ लैजाने बताए ।

त्यसैगरी उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई कार्यक्रममा स्वागत गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यवसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको आइएमई आफ्ना विविधिकृत सेवाहरूको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्षरूपमा जोडिँदै अघि बढ्ने बताए ।

उक्त समारोहमा कम्पनीमा १० वर्षभन्दा लामो समयदेखि सेवारत कर्मचारीहरू तथा लामो समयदेखि कम्पनीमा आवद्ध भएका एजेन्टहरूलाई सम्मान गरिएको थियो ।

त्यसैगरी वार्षिकोत्सवको अवसर पारेर अयोजना गरिएको अन्तर कम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro