site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नबिल बैंक र एसियन पेन्ट्सबीच च्यानल फाइनान्सिङको सम्झौता

काठमाडौं । नबिल बैंक र एसियन पेन्ट्सबीच च्यानल फाइनान्सिङ सुविधाका सहकार्य गरिएको छ । च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो ।

नबिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअन्तर्गत एसियन पेन्ट्स नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल फाइनान्सिङको रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाइनान्सिङका प्रमुख आकर्षणअन्तर्गत आफ्ना वितरकहरूलाई सामान बिक्री गरेको बिल बराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ । बैंकले सम्बन्धित व्यवसायीहरूका लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जाहरू समेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ ।

च्यानल फाइनान्सिङका सन्दर्भमा एसियन पेन्ट्स नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकसँग आबद्ध हुने एसियन पेन्ट्सका वितरकहरूले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए । उनले व्यवसाय विस्तारका लागि आवश्यक पुँजी बैंकमार्फत पाउने बताए ।

यस सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन अनुरूप नै सम्पूर्ण खरिद बिक्रीको भुक्तानी प्रक्रिया बैंक खातामार्फत मात्रै हुने प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro