site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, तीन दलले के गर्लान् ?
SkywellSkywell

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज विश्वासको मत लिने भएका छन् । आज अपराह्न ५ बजेका लागि बोलाइएको प्रदेश सभामा बैठकमा यादवले विश्वासको मत लिन लागेका हुन् ।

नेकपा (एमाले)ले जेठ १ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्छ ।

KFC Island Ad
NIC Asia

हाल प्रदेश सरकारलाई एमालेबाहेक सबै दलको समर्थन छ । कुल १०७ सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ५४ जना सांसदको साथ चाहिन्छ ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)को सम्बन्ध अहिले बिग्रिएको छ । माओवादी केन्द्रले नियमित दुईवटा प्रदेश सभा बैठक नै बहिष्कार गरिसकेको छ । डा. सीके राउत नेतृत्वको जनमत र महन्थ ठाकुर नेतृत्वको लोसपा पनि सरकारसँग असन्तुष्ट छन् । यी तीनै दलले सम्मानजनक मन्त्रालय नपाएको गुनासो गर्दै आएका छन् ।

Royal Enfield Island Ad

यस्तो अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन केही कठिनाइ हुने देखिन्छ ।

अहिले सरकारलाई जसपाका १८, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, लोसपाका ९ र माओवादी केन्द्रका ९ सांसदको सर्मथन छन् । यीबाहेक नागरिक उन्मुक्ति, नेपाल संघीय समाजवादी, राप्रापा र तीन स्वतन्त्र सांसदले पनि सरकारलाई सर्मथन गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro