site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बरु सरकार छाड्छौँ तर आगामी चुनावमा कसैसँग तालमेल गर्दैनौँ : गगन थापा 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् ।

कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेश सभा–२ को संयुक्त आयोजनामा सोमबार हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर, कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै उनले त्यसलाई स्थापित गरिनुपर्नेमा जोड दिए । चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रतिको विश्वास डगमगाउने अवस्थालाई मध्यनजर गर्दै जनताको निराशालाई चिर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता व्यक्त गरे ।

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस एकजुट भएर जनताको हितमा लाग्नुको विकल्प नभएको बताए । उनले नागरिकमा छाएको निराशा चिर्न काम गरेर देखाउनुपर्नेमा जोड दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement