site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले महासचिव भन्छन्– ७० वर्षे प्रावधान हटाउँदा नेतृत्वको जीवन्ततामा समस्या हुँदैन

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (एकीकृत समाजवादी)बाट आएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनेपछि उठ्ने प्रश्नको सम्बोधन गर्न ७० वर्षे उमेरहद स्थगन गरिएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

“हामीले नेकपा (एकीकृत समाजवादी)का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको प्रत्यत्नमा जोड्ने प्रक्रियाअन्तर्गत उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा हामीले स्थगन गरेका छौँ,” पोखरेलले भने ।

उनले पार्टी लोकतान्त्रिक अभ्यासबाट आएको बताए । पोखरेलले नेकपा (माओवादी केन्द्र)मा पुष्पकमल दाहाल प्रचण्ड ०४५ सालदेखि लगतार प्रमुख रहेको बताउँदै आफ्नो पार्टीमा भने त्यसयता मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल, केपी ओली नेता बनेको बताए ।

उनले ७० वर्षे उमेरहदले नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक पद्धतिबाट नआउने भन्ने कुरा नभएको उनको भनाइ छ ।

“एकातिर एकजना नेता, अर्कोतिर पाँचजना नेता भएको पार्टी हो । यो विषय उठाएर नेतृत्वको जीवन्ततामा समस्या हुन्छ कि भन्नु पर्दैन,” पोखरेलले भने, “७० वर्षे उमेरहदले नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव आउँदैन भन्ने कुरा केही होइन । हाम्रो पार्टीले आफ्नो अभ्यासद्वारा स्थापित गर्दै आएको कुरा राख्न चाहन्छु ।”

एमालेको पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद सचिवालय बैठकले निलम्बन गरेपछि चर्चा भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro