site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षको अनुहारमा विद्यार्थीले छर्किए कालो मसी
Tiktok banner adTiktok banner ad

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहालको अनुहारमा विद्यार्थीहरूको एक समूहले कालो मसी छर्किदिएको छ ।

सोमबार सेवा आयोगको क्वार्टरमै पुगेर विद्यार्थीहरूले अध्यक्ष दाहालमाथि कालो मसी छर्किएका हुन् ।

सेवा आयोगबाट कर्मचारी नियुक्ति गर्न मनोमानी गरेको, उमेदर हद ४५ वर्ष राखेको र पटकपटक औपचारिक रूपमा उठाएको माग सम्बोधन नगरेको विद्यार्थीहरूको आरोप छ । 

नेपाल विद्यार्थी संघले विद्यार्थी संगठनको तर्फबाट राखिएका मागलाई बेवास्ता गर्दै समस्या झन् बढाउने काम गरेकाले बाध्य भएर यो कदम चालिएको बताएको छ । 

नेविसंघ मोरङका सभापति सरोज पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयलाई भर्ती केन्द्रजस्तो बनाएर जथाभाबी गर्न थालिएकाले आफूहरू विरोधमा उत्रिएको बताए । उनले भने, “आन्दोलन गर्ने चेतावनीलाई समेत बेवास्ता गर्दै सेवा आयोगले परीक्षा सञ्चालन गरेपछि हामी बाध्य भएका हौँ । विधिसम्मत नभएको परीक्षा पनि रद्द गरिनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro