site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कटन र ऊनीको धागोमा लगाएको कर हटाउन व्यवसायीको माग 
फाइल तस्बिर ।

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले कटन र ऊनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ ।

सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चापदार्थमा लगाइएको कर खारेज गर्न माग गरिएको हो ।

कटन र ऊनीको धागोसम्बन्धी उद्योग घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था गर्नुपर्ने व्यवसायीले माग गरे ।

महासंघका अध्यक्ष शेकरप्रसाद पाण्डेले कच्चापदार्थको पहिले रहेको ‘भ्यालु’मा १५ प्रतिशतसम्म कर थप गरिएको भन्दै त्यो घटाउनुपर्ने बताए ।

सरकारले कच्चापदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु भएको उनको तर्क छ ।

उनले सरकारले निर्यातजन्य व्यवसायलाई दिँदै आएको नगद अनुदान पर्याप्त नभएको पनि बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro