site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिका र माल्टा पठाउने भन्दै लाखौँ रुपैयाँ लिएर फरार दुईजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिएर फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ का ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र मुगु छायानाथ रारा नगरपालिका–३ का ३४ वर्षीय प्रवीन खड्का रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार श्रेष्ठ अमेरिका पठाइदिने आश्वासन दिएर ओमनाथ मैनालीबाट ६ लाख २१ हजार रकम लिएर सम्पर्कविहीन भएकी थिइन् ।

यसैगरी, खड्का कर्णबहादुर बुढासहित दुईजनाबाट माल्टा पठाउने भन्दै ९ लाख रकम लिई सम्पर्कविहीन भभएका थिए ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २२:०८
प्रतिक्रिया दिनुहोस्