site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शेखर–गगनबीच ‘खेलिरहेका’ देउवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसमा एउटा समूहले कांग्रेस सुधार अभियान चलाइरहेको छ । झट्ट हेर्दा शेखर–गगन समूहका जस्तो देखिने अभियन्ताहरूले प्रश्न भने नेतृत्वसँगै गुटका नेताहरूमाथि पनि उठाइरहका छन् ।

मेची–महाकाली अभियान चलाइरहेको त्यो समूहको भावना सम्बोधन हुने गरी संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला र सोही समूहमा रहेका महामन्त्री गगनकुमार थापाले गुट अन्त्य गर्ने अभिव्यक्ति दिइरहेका छन् । गुटमा अब्बल देखिएको संस्थापन समूहले भने शेखर–गगनको अभिव्यक्तिलाई उनीहरूकै गुट तोडिएको रूपमा व्याख्या गरिरहेका छन् ।

शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा विशिष्ठ अतिथि शेखर कोइराला र प्रमुख अतिथि थिए पार्टी सभापति शेरबहादुर देउवा । सभापति देउवाभन्दा अघि बोलेका शेखरले नेतृत्वकाे आलोचना गर्दै लोकतन्त्रको मर्यादा र विधिको शासन बचाउन नेतृत्व असफल भएको बताए । सर्वोच्चको आदेशको मसी सुक्न नपाउँदै रेशम चौधरीलाई राष्ट्रपतिबाट आम माफी गराएर नेतृत्वले सत्ताका लागि लोकतन्त्रको हुर्मत लिएको उनको आरोप थियो । त्यही क्रममा उनले गुटको राजनीति अन्त्य नभए पार्टी समाप्त हुने चेतावनी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

शेखरको भनाइले एकातिर सभापति देउवाको गुटगत राजनीतिको विरोध गरेको देखिन्थ्यो भने आफ्नै गुटमाथि पनि प्रश्न उठाएको बुझिन्थ्यो । उनले सामाजिक सञ्जालमा लेखेर वा आलोचना मात्र गरेर पार्टी सुधार नहुने भन्दै जनतासँग जोडिनु अहिलेको आवश्यकता भएको बताएका थिए ।

“नेपाली कांग्रेसमा गुट, उपगुट केही छैन भनेर म भन्दिनँ । तर अब गुट, उपगुट गरेर हामी अगाडि बढ्न थाल्यौं भने हामी समाप्त हुन्छौँ,” उनले भने ।

Global Ime bank

उनीपछि बोलेका सभापति देउवाले उठेका विषयमा कुनै प्रतिकृया दिएनन् । गठबन्धनको सरकारमा आफूहरू रहेको र बाध्यता बुझ्न उनले आग्रह मात्र गरे ।

शेखरकै समूहमा रहेका महामन्त्री थापा पनि गुटको विरूद्ध भाषण गरिरहेका छन् । नेपाल प्रेस युनियन उपत्यका प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले पार्टीमा गुटहरू सामान्य भए पनि गिरोहमा रुपान्तरण भएको जिकिर गर्दै गुट भत्काउनु अहिलेको आवश्यकता नै भएको उल्लेख गरेका थिए ।

चितवनमा डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औं महाधिवेशन उद्घाटन कार्यक्रममा देउवा र कोइरालालाई अघि राखेर उनले गुट अन्त्यको पक्षमा आवाज उठाए । उनले सदस्यता वितरणको प्रकृया र निर्वाचनमा टिकट वितरण नै गुट उत्पत्तिको स्थल भएको बताएका थिए ।

“गुट हुनु सामान्य कुरा हो । तर कांग्रेसका गुट गिरोहमा परिणत भएका छन् । यसको अन्त्यका लागि गुट भत्काउनुपर्याे,” गगनले भने, “त्यसका लागि सदस्यता प्रणाली परिवर्तन गर्नुपर्छ । उमेदवार संसदीय समितिले होइन, क्षेत्रभित्रका कांग्रेसका क्रियाशीलले छान्ने व्यवस्था गर्ने हो । अब गुट यसरी अन्त्य हुन्छ ।”

संस्थापनइतरका दुई नेताले गुटगिरोह बनेको भन्दै गुटीय राजनीति अन्त्य गर्ने भन्दै गर्दा संस्थापन पक्ष भने शेखर–गगन गुट नरहेको भनेर खुसी मनाइरहेको छ । दोस्रोपटक सभापति बनेका शेरबहादुर देउवाले भने अझ सबल रूपमा गुट चलाइरहेका छन् । वर्तमान सरकार गठन हुँदा उनको गुटीय राजनीतिको प्रतिविम्व देखिएको थियो ।

कांग्रेसले नौ मन्त्रालय पाउँदा शेखर समूहलाई तीन मन्त्रालय मात्र भाग लगाएका देउवाले शेखर समूहमा फुट ल्याउन गगन समूहलाई शून्यमा सीमित गरेका थिए । उनले प्रदेश सरकारमा समेत गगन पक्षलाई ‘माइनस’ गरे । त्यसले शेखर–गगनबीच अविश्वास बढाएको छ भने उनको आफ्नो गुटमा उत्साह देखिएको छ ।

पार्टी प्रचार विभाग प्रमुख तथा देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्मा गुट भत्काउने विषयले कार्यकर्ता र पार्टी पंक्तिमा उत्साह थपेको बताउँछन् ।

“गुट नभई नेतृत्वमा पुगिँदैन, नेतृत्वमा पुगेपछि गुट भारी हुन्छ । त्यसकारणले सहमतीय निर्णय गर्न केही समस्याहरू देखा परे । यो गुट भारी भयो, कमजोर बनाउँदै लैजानुपर्छ भन्ने दृष्टिकोण सबै नेताहरूको छ,” विश्वकर्माले बाह्रखरीसँग भने, “त्यसमा पनि दुई गुटकै नेताहरू एकै मञ्चमा उभिएर बोलेपछि त गुट ठिक भन्न मिल्दैन । त्यसकारण, पार्टी बिग्रियो गुट, भत्काएर अघि बढौं भन्नु स्वभाविक विषय हो । यसले पार्टी पंक्तिमा साथीहरूलाई उत्साह थप्ने र सकारात्मक सन्देश जान्छ ।”

विगतमा आफू संस्थापनइतरको नेता हुँदा ४० प्रतिशत भाग लिएका उनले ४० प्रतिशत मतको प्रतिनिधित्व गर्ने अहिलेको इतर समूहलाई कममात्र भाग लगाएर आफ्नै गुटमा अवसर बाँढ्न सफल भए । यसका पछाडि देउवा शेखर–गगन समूहमा प्रवेश गरेर गुट प्रभावित पारेको इतर समूहकै कतिपय नेताको बुझाइ छ ।

“शेरबहादुर देउवाले संस्थापन इतरमा प्रवेश गरेर राजनीति गरिरहेका छन् । अलि अघिको समय थियो, देउवाले गगनसँग छलफल गरेर काम गरिरहेका थिए । त्यसबेला शेखर कोइराला निकटहरू बहिस्करणमा परेजस्तो देखिन्थ्यो,” इतर समूहका एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, “अहिले देउवा शेखरसँग निकट देखिन्छन्, अनि गगन थापा र निकटहरू बिचलित देखिन्छन् । यो सबै शेरबहादुर देउवाले १५औं महाधिवेशन प्रभावित पार्ने खेल खेलिरहेको हो । हाम्रा नेताहरू भने नजानेरै देउवाका गोटी बनिरहेका छन् ।”

एउटै समूहबाट १४औँ महाधिवेशन लडेका शेखर र गगनबीच सम्बन्धमा उतारचढाव देखिएको छ । समूहको नेता शेखरलाई मान्दामान्दै गगन संसदीय दलको नेतामा लडिसकेका छन् । अनि, एउटै समूह कायम हुँदाहुँदै शेखरले एकल निर्णयबाट मन्त्री सिफारिस गरेका छन् । यसले सम्बन्धमा थप चिसो थपिरेहको बुझाइ इतर समूहभित्र छ ।

संसदीय दलको नेतामा शेखर प्रस्तावक बस्ने भएपछि गगनले भनेका थिए– हाम्रो टिमको नेता शेखर कोइराला नै हो । फेरि संसदीय दलको चुनाव भएछ भने उहाँ नै उमेदवार हुनुहुनेछ । १५औं महाधिवेशनमा हाम्रो टिमको तर्फबाट सभापतिको उमेदवार पनि डा. शेखर नै बन्नुहुनेछ ।

तर, पछिल्लो समय देउवामाथि प्रश्न उठ्दा गगनले आफूलाई नै संसदीय दलको नेताको विकल्पमा प्रस्तुत गरिरहेका छन् । 

गगननिकटहरूले १५औं महाधिवेशनको विषयमा उनलाई नै सभापतिको उमेदवारको रूपमा प्रस्तुत गरिरहेका छन् । त्यसका लागि उनीहरूले १४औं महाधिवशेनमा शेखरले तय गरेको नारा ‘एकपटक, यसैपटक’लाई हतियारको रूपमा प्रयोग गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement