site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

काठमाडौं । सनराइज बैंकको चन्द्रनिगाहपुर शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बैंकले दृष्टि आँखा अस्पताल वीरगञ्ज पर्सासँगको समन्वयमा चन्द्रपुर ९ डुमरियाको श्री माविमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका हो ।

शुक्रबार उक्त कार्यक्रमको उद्घाटन बैंकको मधेस प्रदेश प्रमुख दीपक पण्डित, जीवन विज्ञान केन्द्र मधेस प्रदेश प्रमुख शैलेश पौडेलले गरेका थिए ।

शिविरबाट २४० स्थानीयले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाँच सेवाहरू लिएका थिए । शल्यक्रिया र औषधिको लागि डाक्टरको सल्लाह लिएकाहरू खुसी व्यक्त गरेका थिए ।

दृष्टि आँखा अस्पताल, वीरगन्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र, चन्द्रपुर रौतहट जस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमा विभिन्न सूचनामूलक र प्रवद्र्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखा शिविर गरिएको बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro