site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले संसद्लाई अनिर्णयको बन्दी बनाउन खोज्यो : रामहरि खतिवडा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद्लाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन् ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले एमालेले संसद्मा उठेको जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रर्दशन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताए । 

Dabur Nepal
NIC Asia

सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको जलहरी प्रकरणबारे आफूहरुले संसद्मा फेरि पनि कुरा उठाउने बताए । 

“प्रतिपक्ष यस्तो अनम्याच्युअर छ । एकछिन जुरुक्क उठेर संसद्तिर घेर्न पुग्छ । किनभन्दा जलहरीको सुन हरायो रे । ए बाबा, महालेखाको प्रतिवेदनमा हरायो भनेकै छ । महालेखाको प्रतिवेदन सबै सांसदको हातहातमा दिएको छ । त्यो बारेमा छलफल गर्नै छ,” उनले भने, “ हामीलाई चिन्ता के हो भने १० किलो पशुपतिनाथ संसारकै देउताको मन्दिरमा राख्न लागेको सुन त बदमासी गर्नेले अरु देशलाई के गर्लान् ?”

सांसद खतिवडाले संसद्मा उठेका सबै विषयमा छलफल गर्न संसद् स्वतन्त्र हुुनुपर्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro