site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित प्रधान्यायाधीशविरुद्धका अधिकांश उजुरी पेसासँग सम्बन्धित
फाइल तस्बिर।

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध ३० उजुरी परेको छ ।

संघीय संसद्अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिमा ३० उजुरी परेको सचिवालयले जानकारी दिएको छ । शुक्रबारसम्म उजुरीको लागि दिइएको समयमा ३० वटा उजुरी परेका हुन् ।

Dabur Nepal
NIC Asia

उजुरीको विषयवस्तुबारे जानकारी नखुलाइए पनि अधिंकाश उजुरी उनले वकालत, न्यायाधीशका रुपमा नियुक्ति र न्यायधीश भएपछिका उनकै पेसासँग सम्बन्धित रहेको बुझिएको छ ।

“उजुरी खुलाउन मिल्दैन । २९, ३० वटा उजुरी परेको छ,” समितिका एक कर्मचारीले भने, “उजुरी दिएपछि समितिले खोल्छ र सांसदहरूलाइ वितरण हुन्छ । संसद् चलिरहेकाले बैठक बस्न नसकेको हो । भोलिसम्ममा बैठक बस्नसक्ने सम्भावना छ ।”

२०७८ साल फागुन १ गतेदेखि न्यायालय प्रमुखविहीन बनेको छ । तत्कालीन प्रधानन्ययाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लागेपछि न्यायालय कामु प्रधानन्यायाधीशको भरमा सञ्चालन भइरहेको हो ।

गतवर्ष असोजदेखि कामु नेतृत्व सम्हालेका कार्कीलाई मंसिर २७ पछि महाअभियोगसहित चोलेन्द्रले अवकास पाएपछि पनि ढिला गरी मात्रै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । सिफारिसको लामो समयपछि बल्ल उनको सुनुवाइ हुन लागेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro