site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
करका दर हेरफेर गर्न पाइन्छ, तर औचित्य पुष्टि हुनुपर्छ : गगन थापा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बजेट प्रणालीमा सुधारको आवश्यकता औँल्याएका छन् । बजेटमाथिको छलफलका क्रममा आइतबार थापाले करका दर हेरफेरबारे राजस्व बोर्ड बनाउन सुझाव दिएका हुन् । 

“रेभिन्यू बोर्ड बनाऔँ । राजस्व बोर्ड बनाइसकेपछि यसले एडभाइजरको काम गर्छ,” उनले भने 

Prabhu Bank
Agni Group
NIC Asia

थापाले करका दर हेरफेर गर्न पाइने तर औचित्य पुष्टि हुनुपर्ने बताए ।

“करको दर हेरफेर गर्न पाइन्छ । नभए विधेयक किन ल्याउने ? एउटा एउटा करको दर हेरफेर किन गरेको ? औचित्य के हो ? छुट दिए भने छुटको भार कति पर्‍यो ? छुट हटाए भने छुट हटाउँदा कुन उद्देश्य राखिएको हो ?,” थापाको भनाइ छ, “त्यसमा फरक कति आयो ? कुन प्रमाणको आधारमा छुट दिएँ । त्यसको अध्ययन कहाँ भयो ?”

Global Ime bank

उनले बजेटको सिलिङमा प्रधानमन्त्री पनि बस्नुपर्ने बताए । “प्रधानमन्त्री क्याबिनेटको क्याप्टेन हो । अर्थमन्त्री त सहायक हो । स्रोत समितिको बैठकमा प्रधानमन्त्रीको उपस्थित नै हुँदैन,” उनले भने । 

उनले सांसदको भूमिका पनि खोज्न आवश्यकता औँल्याए । बजेट क्यालेन्डर नै फेर्नुपर्ने पनि दोहोर्‍याए । फागुनमा नै संसद्को सम्बन्धित समितिमा मस्यौदा लगेर छलफल गनुपर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement