site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलको मुद्दा : अन्तर्राष्ट्रिय अदालतमा सरकारको पक्षमा फैसला

काठमाडौं । एनसेलले नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा फैसला आएको छ ।

एनसेलको सेयर खरिद–बिक्रीमा पुँजीगत लाभकरमा लगाएको विषयमा असन्तुष्टि जनाउँदै विश्व बैंकअन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा मुद्दा दायर गरिएको थियो । एनसेलले हालेको सो मुद्दा नेपाल सरकारले जितेको हो । गएको शुक्रबार आईसीएसआईडीले नेपाल सरकारको पक्षमा फैसला सुनाएको हो ।

Dabur Nepal
NIC Asia

एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको स्वीडेनको टेलियासोनेराले मलेसियाको एक्जियटालाई कम्पनी बिक्री गर्ने क्रममा लाभकर विवाद भएको थियो । टेलिया लाभकर नतिरी बाहिरिएको थियो ।

टेलिया बाहिरिए पनि दायित्व एनसेलको हुने भन्दै सरकारले लाभकर लगाएको थियो । एनसेलले २१ अर्ब ५४ करोड रुपैयाँ लाभकर तिरेको थियो ।

सरकारको पक्षमा फैसला नआएको भए एक खर्ब रुपैयाँ हाराहारीको रकम एनसेललाई बुझाउनुपर्ने हुन्थ्यो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro