site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पहिचानवादीको संरक्षक पुष्पकमलवादीहरू हो, अब जवाफ दिनुपर्छ : ओली
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरेर एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी)
पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला भइरहेको बताए । 

उनले कोसी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरू भइरहेको आरोप लगाए । उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब एमाले प्रतिवादमा उत्रिने चेतावनी दिए । एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

"अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ । सरकार केही गर्दैन । प्रहरीलाई टाउको फुटे पनि केही नगर्नू भनेको छ । पहिचानका नाममा एउटै मानिसहरू बाइक लिएर पुग्ने गरेका छन् हरेक ठाउँमा । कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के के निषेध, अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, अपराधिक घटनाहरू भइरहेका छन्, आफैँले आफ्नै मान्छे मारे सुरुमै । हामीमाथि हमला भयो, कहिले बन्द भनेके छ, कहिले तोडफोड, कहिले अनेक छ," उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशभर पहिचानको विष फैल्याउने कोसिस गरे पनि सफल नबनेको ओलीको आरोप छ । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू भएको भन्दै उनले प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे ।

Global Ime bank

"अब नेकपा (एमाले)ले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ । सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन । हाम्रो कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्छ भने, गुण्डाहरू न नियन्त्रण गर्छ, न समात्छ, प्रोत्साहित गरेको छ प्रचण्ड सरकारले । अब जवाफ दिनुपर्ने बेला आइसकेको छ । पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरू प्रचण्डपथ हो । प्रचण्डपथ अझै गएको छैन । यो देशद्रोही र अपराधी पथ हो," ओलीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement