site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिका–२६, ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेको आरोपमा एहलदख पक्राउ परेका छन् ।

सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूबीच आपसी विवाद भई झै–झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्