site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध : मन्त्री रिजाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवद्र्धनका लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं स्थापना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको विकास, विस्तार र प्रवद्र्धन गरिनुपपर्नेमा सरकार दृढ रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधारसहित स्वदेशी बजार विस्तारको साथै अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापित गराउनेतर्फ सरकारले आवश्यक पहल गर्ने बताए । उनले साना तथा मझौला उद्योगको विकास तथा विस्तारले स्थानीय स्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरू प्रदान गरी मुलुकलाई आर्थिक सम्मुनतिको बाटोमा अगाडि बढाउने भएको र यस्ता व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले ‘एक घर एक व्यवसाय’को सिद्धान्तलाई मुल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा उत्प्रेरित गरेकोमा महासंघको कार्यप्रति सराहना पनि गरे । 

कार्यक्रममा व्यवसायीहरुले साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सामग्री बिक्रीका लागि छुट्टै औद्योगिक ग्रामको व्यवस्था गर्न माग गरेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC