अर्थ व्यवसाय
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट संविधानले परिकल्पना गरे अनुरुपको समाजवादउन्मुख नभएको बताए ।
उनले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको बताए । बजेटले लक्ष्य अनुरुपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने उनको दाबी छ ।
उनले बजेट भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्नेगरी आउनु पर्नेमा त्यस्तो हुन नसकेको बताए । अध्यक्ष यादवले बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी भएको आरोप लगाए ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १४:३७
प्रतिक्रिया दिनुहोस्