site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले प्रत्येक वडामा ३ प्रतिशत सदस्य पुर्‍याउन अभियान चलाउने

काठमाडौं । नेकपा (एमाले)ले ‘वडामा सदस्यको अनुपात, कम्तीमा ३ प्रतिशत अभियान’ चलाउने भएको छ । गएको वैशाख २८–३० गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा अभियानबारे उल्लेख छ । 

सदस्यता शुद्धीकरण, नवीकरण, विस्तार र तथ्यांक शुद्धीकरणअन्तर्गत प्रदेशमा कारणवश नवीकरण छुटेकाहरूको आवेदनमाथि असार १५ सम्म जिल्ला कमिटीले आवश्यक निर्णय गर्ने भनिएको छ । 

त्यस्तै, नयाँ निर्णय भएका सदस्य, नवीकृत सदस्य र नयाँ सदस्यसहित सम्पूर्ण सदस्यहरूको विवरण प्रदेशमार्फत असार मसान्तसम्म केन्द्रीय संगठन विभागमा पठाउने निर्देशन दिइएको छ  । 

“अभियानअघिको सदस्यता रेकर्ड हेर्ने हो भने त्यो संख्या मतदाताको अनुपातमा औसत ६ प्रतिशत छ । तर, कतिपय पालिकाका वडाहरूमा अत्यन्त न्यून संख्यामा पार्टी सदस्य रहेको देखिन्छ,” अपानिमा भनिएको छ, “त्यसैले, आगामी निर्वाचनमा 'मिसन–१५०' पूरा गर्न प्रदेश/प्रदेशमा कुल मतदाताको ६ प्रतिश र प्रत्येक वडामा कम्तीमा ३ सदस्य पुर्‍याउने गरी सदस्यता विस्तारको कार्ययोजना बनाई लागू गर्ने । यसका लागि 'वडामा सदस्यको अनुपात, कम्तीमा ३ प्रतिशत अभियान' नै चलाउने ।”

सदस्यता विस्तार गर्दा मापदण्डको पालना गर्दै नयाँ सदस्यहरूको आवेदन लिने र त्यसमाथि प्रक्रियाबमोजिम निर्णय गर्ने काम निरन्तर जारी राख्ने अपानिमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro