site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यानमारसँग नेपालको फराकिलो हार
Tiktok banner adTiktok banner ad

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छ्नोट दोस्रो चरणमा नेपालले खराब सुरुआत गरेको छ ।

मंगलबार नेपालले घरेलु टिम म्यानमारसँग ५–० को फराकिलो हार व्यहोर्‍यो। म्यानमारको यानगोनस्थित थुवुन्ना रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन यिन लुन इनले ह्याट्रिक गर्दा जिन मोई पाए र युन वादीले एक एक गोल गरिन् ।

पहिलो हाफमा दुई गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप तीन गोल व्यहोरेको थियो ।

नेपाल प्रतियोगिताको समूह 'बी' मा छ । यो समूहमा नेपालसँगै म्यानमार, चीन र चाइनिज ताइपेई छन् । नेपालले दोस्रो खेलमा बिहीबार चीनसँग खेल्नेछ । यस्तै, नेपालले अन्तिम खेलमा चाइनिज ताइपेईसंग शनिबार खेल्नेछ ।

यसअघि, नेपालले छनोटको पहिलो चरणमा घरेलु टिम प्यालेस्टाइन र मारियाना आइसल्यान्डलाई समान ६-० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro