site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनकोसीमा खसेको गाडीभित्र भेटियो सीटीईभीटीका दुई कर्मचारीको शव

काठमाडौं । सुनकोसी नदीमा खसेको सीटीईभीटीका कर्मचारी चढेको गाडीमा दुईजनाको शव भेटिएको छ ।

उनीहरू दुवैजनाको सनाखत हुन नसकेको डीएसपी चीरनञ्जीवी दाहालले बाह्रखरीलाई जानकारी दिए ।

उनका अनुसार दुर्घटना भएको स्थानबाट करिब एकसय मिटर तल गाडी भेटिएको हो । बेपत्ता एकजनाको अवस्था भने अज्ञात छ ।

"खोज्ने क्रममा दुईवटा शव गाडीभित्रै भेटियो । अब शवको पहिचान गरेर आफन्तलाई बुझाउने काम हुन्छ," दाहालले‍ भने ।

गत शुक्रबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटना भएको हो । गाडी  ‍करिब साढे १२ बजेतिर सिन्धुलीको खुर्कोटस्थित सुनकोसी नदीमा खसेको थियो ।

गाडीका चालक पौडिएर बाहिर निस्किएका थिए भने तीनजना बेपत्ता भएका थिए । सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेल र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेल बेपत्ता भएका थिए ।

 

 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro