site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्थिक संकट समाधानका लागि बृहत् गोलमेच सम्मेलन गरौँ : सांसद भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको भन्दै संकट समाधानका लागि बृहत गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।

"जब आर्थिक संकटको अवस्था आउँछ, त्यतिबेला धेरै देशहरूले बृहत् आर्थिक सम्मेलन, गोलमेच सम्मेलन गर्ने गरेका छन् । सबै राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, हाम्रा विकासका साझेदार अन्तर्राष्ट्रिय समुदायलगायत सबै सबैको सहभागितामा एउटा बृहत गोलमेच सम्मेलन गरौँ," उनले भने ।

उनले राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय लगायतको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने बताए । उनले गोलमेच सम्मेलनबाट देशको आर्थिक अवस्थाको सन्दर्भमा साझा धारणा बनाउनुपर्ने बताए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro