site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्जे पोस्टेकोग्लोउ टोटनहमको मुख्य प्रशिक्षक
Tiktok banner adTiktok banner ad

काठमाडौं । टोटनहमले एन्जे पोस्टेकोग्लोउलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

मंगलबार ५७ वर्षीय पोस्टेकोग्लोउलाई टोटनहमले चार वर्षे सम्झौतासहित टिमको जिम्मेवारी दिएको हो ।

पोस्टेकोग्लोउले स्कटिस क्लब सेल्टिकलाई आफ्नो कार्यकालमा दुई सिजनमा लगातार स्कटिश प्रिमियरसिप उपाधि जिताएका थिए ।

"पोस्टेकोग्लोउलाई टिमसँग सामेल गर्न पाउँदा हामी उत्साहित छौँ । पोस्टेकोग्लोउले टिममा सकारात्मक मानसिकता र आक्रमणको शैली ल्याउनेछ," टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले भने ।

मार्चमा तत्कालिन मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लबको जिम्मेवारी छोडेपछि टोटनहम मुख्य प्रशिक्षकको खोजीमा थियो । कोन्टे जिम्मेवारीबाट बाहिरिएपछि क्रिस्टियन स्टेलिनी र त्यसपछि रायन मेसनले अन्तरिम आधारमा क्लबको जिम्मेवारी लिएका थिए ।

इङ्लिस क्लबको जिम्मेवारी सम्हाल्ने पहिलो अस्ट्रेलियन प्रशिक्षक बनेका पोस्टेकोग्लोउले सेल्टिकलाई ट्रेबल उपाधि दिलाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro