site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस रूपान्तरण अभियानले चार प्रदेशमा सक्यो कार्यक्रम
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरूले थालेको पार्टी रूपान्तरण अभियानले कर्णाली प्रदेशमा कार्यक्रम गरेको छ ।

मधेस प्रदेशबाट सुरु भएको अभियानले वाग्मती र गण्डकी प्रदेशपछि कर्णालीमा कार्यक्रम गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै अभियान्ता तथा इतर समूहका नेता जगदिश्वरनरसिंह केसीले रूपान्तरण अभियानले कार्यकर्तामा देखिएको निराशालाई आशामा बदल्ने विश्वास व्यक्त गरे ।

“नेतृत्वले गलत गरिरहेको छ । हामी टुलुटुलु हेरेर मात्र बस्न सक्ने अवस्थामा छैनौँ,” केसीले भने, “कार्यकर्तामा देखिएको निराशालाई आशामा बदल्नु छ । हामीहरू अहिले प्रदेशस्तरीय अभियानमा छौँ । यो सकेपछि जिल्लाजिल्लामात्र होइन वडासम्म पुग्छौँ ।”

Global Ime bank

उनले नेतृत्वप्रतिको वितृष्णाको कारण कार्यकर्तामा निराशा आएको बताए ।

केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव नेता गुरूराज घिमिरे, भुपेन्द्रजंग शाही, लक्ष्मणलाल राय यादव, रञ्जित कर्णसहितका नेताहरू अभियानमा छन् ।

रूपान्तरण अभियान अन्तर्गत आगामी जेठ २६ गते सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा र जेठ २९ मा कोसी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला गर्ने तयारी गरेको छ ।

पार्टी इतिहासकै संकटमा परेको भन्दै अभियानका सहभागी नेताहरूले पार्टी सुधार र कार्यकर्तामा उत्साह भर्न अभियान आयोजना गरेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC