site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको बहस सकियो, जाहेरवालातर्फको सुरु 

काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा सरकारी वकिलको बहस मंगलबार सकिएको छ । अभियोजनकर्ता सरकारी वकिलका तर्फबाट सातजनाले बहस गरे ।

गएको आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक जारी छ । अब जाहेरवालाका तर्फबाट बहस सुरु भएको छ । 

पक्राउ परेका अभियुक्तका कानुन व्यवसायीले यही जेठ ३० गतेसम्म बहस गर्नेछन् । न्यायाधीश प्रेसप्रसाद न्यौपानेले उनीहरूलाई आउँदो मंगलबारसम्म बहस गर्ने समय तोकेका छन् ।

जेठ ३१ गते सरकारी वकिलले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएमा उक्त दिन नै थुनछेक आदेश आउनेछ । त्यसक्रममा अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने आदेश हुनेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro