site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस सांसद खतिवडाले उठाए अर्थमन्त्रीमाथि प्रश्नैप्रश्न
फाइल तस्बिर।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आफ्नै पार्टीबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्रीमाथि प्रश्नैप्रश्न उठाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको सुरूआतमै उनले बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई कसले प्रवेश दियो भन्दै खतिवडाले अर्थमन्त्री प्रकाशशरण महतलाई प्रश्न गरे ।

Dabur Nepal
NIC Asia

उलने बेरूजु विशेषज्ञ भनेर नियुक्त गरिएको रिटायर्ड कर्मचारी रामकृष्ण श्रेष्ठलाई किन नियुक्त गरिएको भन्दै प्रश्न गरे । उनले कसको चाहनामा नियुक्त गरेको भन्दै प्रश्न गरे ।

“अर्थ मन्त्रालयमा एकजना कर्मचारी रामकृष्ण श्रेष्ठलाई २०७९ साल फागुन १९ गतेका दिन नेपाल सरकारले निर्णय गरेर नियुक्त गरेको देखिन्छ । त्यतिबेला अर्थमन्त्री को थिए ?,” खतिवडाको प्रश्न थियो, “दुई वर्षअघि रिटार्यड भएको कर्मचारीलाई नियुक्त गर्नुपर्ने जरुरी के पर्यो ? फागुन २५ गतेदेखि लागु हुने गरी २०८० साल असाढ मसान्तसम्म रहने गरी महिनाको ३४ हजार ४३० रूपैयाँ तलब पाउने गरी किन, कसको इन्ट्रेस्टमा नियुक्त गरिएको हो ? त्यसको जवाफ म अर्थमन्त्रीबाट चाहन्छु ।”

उनले थपे, “बेरुजु विशेषज्ञको रूपमा उसलाई नियुक्त गरिएको छ, यति धेरै अधिकार दिएर तत्कालीन अवस्थामा केका लागि नियुक्त गरियो ? कसले नियुक्त गर्यो ? अर्थमन्त्रीबाट जवाफ चाहन्छु । उसलाई किन निरन्तरता दिनुपर्यो ? यसको जवाफ चाहन्छु ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro