देश

काठमाडौं । फार्मेसी सहायकको नाम दर्ता लाइसेन्स परीक्षा आगामी असार ३ गते हुने भएको छ ।
नेपाल फार्मेसी परिषद्ले सोमबार सूचना जारी गर्दै फार्मेसी सहायकको २२औँ लाइसेन्स परीक्षाको मितिबारे जानकारी दिएको हो ।
परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सानो भर्याङमा हुने छ । बिहान ११ बजे हुने परीक्षामा ९ बजे नै उपस्थित हुन परिषद्ले अनुरोध गरेको छ ।
परीक्षार्थीका लागि नागरिकता वा रज्यले प्रदान गरेको परिचयपत्र अनिवार्य गरिएको छ ।
हेर्नुहोस् सूचना
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १७:२७
प्रतिक्रिया दिनुहोस्