site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंसहित केही स्थानमा वर्षा

काठमाडौं । देशका केही स्थानमा सोमबार दिउँसो वर्षा भएको छ । काठमाडौं, म्याग्दी, बैतडीलगायत स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्षा केही बेर हुने महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । “लामो समय वर्षा हुँदैन, केही बेर हुने देखिन्छ,” उनले बाह्रखरीसित भनिन् ।

अहिले मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको उनले बताइन् । अरू स्थानमा हल्कासम्म र बैतडीमा मध्यम वर्षा भएको उनले जानकारी दिइन् ।

“पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो,” उनले भनिन् ।

उनका अनुसार आज राति पनि कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ । भोलि पनि पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले बताइन् ।

वर्षाका कारण हिजो (आइतबार)को तुलनामा आज र भोलि पश्चिमी क्षेत्रमा तापक्रम केही घट्ने सम्भावना रहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro