काठमाडौं । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौँ संस्करण काठमाडौंमा सम्पन्न भएको छ । आइतबार काठमाडौंस्थित एक होटेलमा उक्त अवार्डको छैटौँ संस्करण आयोजना गरिएको थियो ।
उक्त अवार्ड कार्यक्रम पहिलोपटक भारतबाहिर आयोजना गरिएको हो । कार्यक्रम नेपाल तथा भारतका चलचित्र, संगीत, पत्रकारिता, पर्यटन, खेलकुदलगायत क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
अवार्ड प्रदान गर्न अभिनेत्री भाग्यश्री, रञ्जित, विन्दुदारा सिंहलगायत भारतीय चर्चित कलाकारहरू नेपाल आएका थिए ।
कार्यक्रममा भारतीय अभिनेत्री भाग्यश्रीले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन् । उनले नेपालीले माया गरिरहे आफू पुनः परिवारसँग नेपाल घुम्न आउने बताइन् ।
“नेपालको सुन्दरताको विश्वभरमा चर्चा छ, मैले यहाँ थोरै मात्रै देखेको छु,” उनले भनिन्, “तर, म नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु । फेरि नेपाल परिवारसँग आउन चाहन्छु ।”
अवार्ड कार्यक्रममा नेपाली र भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो ।