site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नबिल बैंकको दिगो घर कर्जा योजनाअन्तर्गत पाँच करोडसम्म कर्जा पाइने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नबिल बैंकले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व वातावरण दिवसका अवसर पारेर बैंकले नबिल सस्टेनेबल हाउजिङ लोनको स्किम सार्वजनिक गरेको हो ।

केन्द्रीय कार्यालयमा आइतबार एक कार्यक्रम आयोजना गरी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजनाको थालनी गरे ।

वातावरणमैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकले यस योजनाअन्तर्गत आवास कर्जा लिन सक्ने बैंकले जनाएको छ । बैंकले सुरुआत गरेको नबिल दिगो घर कर्जा ग्राहकले बैंकको आधार दरमा एक प्रतिशत मात्र प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन् । स्थिर ब्याजदर चाहने ग्राहकले सात वर्षका लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सात वर्षभन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकले सात वर्षका लागि वार्षिक १०.४९ प्रतिशत र सात वर्षपछि बाँकी अवधिमा सात वर्षपश्चात्को आधार दरमा १.५ प्रतिशत जोडे हुने ब्याजदरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । एक वर्षलाई दुई लाख रुपैयाँसम्मको निःशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराइने बैंकले जनाएको छ ।

यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्षसम्ममा चुक्ता गर्न सक्नेछन् । यो कर्जा योजना बैंकको जुनसुकै शाखाबाट प्राप्त गर्न सकिनेछ ।

यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गइरहेको घरको हकमा घरको नक्सापास पेस गर्नुपर्नेछ । उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहोर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामाग्रीहरू जस्तै, सीएफएल, एलईडी लाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै, इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनुपर्नेछ ।

पौडेलले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्‍याउने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यका बारेमा प्रकाश पारेका थिए ।

नबिल दिगो घर कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकलाई लक्षित गरिएको छ । यस स्किमले देशको आवास निर्माण क्षेत्रभित्र वातावरणमैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यास प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ ।

दिगो आवासमा लगानी गर्न चाहने ग्राहकलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरणमैत्री अभ्यास अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ ।

यस कर्जा उपयोग गर्ने प्रक्रिया अन्य घर कर्जाहरूजस्तै सरल हुने बताइएको छ । न्यूनतम कर्जा सीमा सात लाख र अधिकतम सीमा पाँच करोड रुपैयाँ हुने बैंकले जनाएको छ ।

यो कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न वा निर्माण भइसकेको घर खरिद गर्न, अन्य वित्तीय संस्थाबाट कर्जा लिई वातावरणमैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी बनाएको घरको कर्जा स्वाप गर्न सकिने बैंकले जनाएको छ ।

यस्तै, नबिल बैंकबाटै घर कर्जा उपयोग गरिरहेका ग्राहकले निर्माण भइसकेको घरमा वातावरणमैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मतसम्भार गर्न थप कर्जा चाहिएमा प्राप्त गर्न सक्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro