राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ । टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा आज दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्रम सुरु हुने जनता समाजवादीले जनाएको छ ।
नेपाल बौद्धिक पेसाकर्मी महासंघको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेता तथा आर्थिक विषयका जानकारहरूको सहभागिता रहने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० ०७:५४
प्रतिक्रिया दिनुहोस्