site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता विधेयक विवादमा सर्वोच्चले जेठ २६ गते दुवै पक्षलाई बोलायो

काठमाडौं । सर्वोच्च अदालथले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्धको रिटबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।

न्यायाधीश मनोज शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न जेठ २६ गते सुनुवाइको पेसी तोकिएको हो । 

रिटमा मन्त्रिपरिषद्को कार्यालयसहित राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ । 

अघिल्लो संसद्ले दुईपटक पारित गरेर पठाए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक मन्त्रिपरिषद्को आग्रहमा जेठ १७ गते राष्ट्रपतिले प्रमाणीकरण गरेका थिए ।

त्यसविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

348887699_1561920720965928_4049236295737962504_n1685882258.jpg

348388318_264317479486873_1043333813646058208_n1685882258.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro