site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विश्वको वातावरणको संरक्षण हिमालबाट सुरु गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणीजगत्को भविष्य सुरक्षित गर्नका लागि हिमाल र हिमाली क्षेत्रको संरक्षणको आवश्यकता औँल्याएका छन् ।

पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित हिमालयन ट्रस्ट यूकेका पदाधिकारीसँग शनिबार शीतलनिवासमा भएको भेटमा उनले सो धारणा राखेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारेको असर न्यूनीकरण गरी पृथ्वी र सम्पूर्ण मानवजातिको हितका लागि हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण आवश्यक रहेको बताए ।

“विश्वको वातावरणको संरक्षण हिमालबाट सुरु गर्नुपर्छ । किनकि, पानीको मूल स्रोत हिमाल हो,” उनले भने ।

नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि हिमाली क्षेत्र र वातावरण संरक्षणमा जोड दिएको उनले उल्लेख गरे ।

सगरमाथा र यस क्षेत्रको जैविक विविधताको संरक्षणका लागि विश्व समुदायले नै काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro