site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारीलाई कारबाही गर्नैपर्छ, अबको मिसन ‘सुशासन’ हो : मन्त्री गुरुङ
फाइल तस्बिर।

वालिङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अबको बाटो सुशासनको भएको बताएका छन् । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले कांग्रेस प्रथम भीरकोट नगरसम्मेलनलाई आज स्याङ्जाको बयरघारीमा सम्बोधन गर्दै भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

“भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ, कारबाही हुनैपर्छ,” उनले भने, “अनुसन्धानलाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाऔँ, दोषी कोही उम्किन नपाउन् ।”

भुटानी शरणार्थीलगायत फाइलमा आफूहरुले प्रधानमन्त्रीलाई साथ दिएको दाबी गर्दै उनले यस अभियानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।

“भ्रष्टाचार प्रवृत्तिको अन्त्य गर्दै देशलाई अब सुशासनको बाटोमा लैजानु आवश्यक छ,” उनले भने, “देशमा सुशासन भएको प्रत्याभूति जनतालाई दिनुपर्ने भएकाले अब बोलेर हैन कामबाट देखाउनुपर्ने बेला आएको छ ।”

नागरिकता विधेयकले आमाको नामबाट नागरिकता नपाएका, बाबु आमा नेपाली नागरिक भएर पनि छोराछोरीले नागरिकता नपाएका र गैरआवासीय नेपालीले नेपालको नागरिकता पाउने तर राजनीतिक नेतृत्व गर्न नपाउने गरी तीनवटा कुरा समेटिएको उनले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य राजु थापाले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताए । उनले भ्रष्टाचारको आरोप लागेका कसैलाई पनि कांग्रेसले नबोक्ने र दोषी ठहरिएमा कारबाही भएरै छाड्ने बताए । भ्रष्टाचारीलाई कांग्रेसले ढाकछोप गर्ने, नबोक्ने, बरु अनुसन्धान प्रक्रियामा सघाउने उनले बताए ।

नागरिकता विधेयक अहिलेको आवश्यकता भएको दाबी गर्दै यसकाबारेमा पढेर, बुझेरमात्रै गाउँगाउँमा रहेका नागरिकलाई बुझाउन उनले आग्रह गरे । कार्यक्रममा कांग्रेसका प्रदेश, जिल्ला, क्षेत्र, नगर तहका नेता कार्यकर्ताले आ–आफ्नो धारणाहरु व्यक्त गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro