site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगानीकर्ताले तिर्दै आएको कर नै अन्तिम हो, हामीले हेरफेर गरेका छैनौँ : राजस्व विभाग

काठमाडौं । आन्तरिक राजस्व विभागले धितोपत्र कारोबार गर्नेलाई द्विविधामा नपर्न आग्रह गरेको छ ।

विभागले एक सूचना जारी गर्दै हाल लगानीकर्ताले तिर्दै आएको पाँच प्रतशित र ७.५ प्रतशित नै अन्तिम कर लाग्ने कानुनी व्यवस्थामा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेको छ ।

आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित कारोबार गर्नेलाई छुट सुविधा ल्याइएको सूचनामा उल्लेख छ ।

“व्यवसायको रूपमा नभई प्राकृतिक व्यक्तिले लगानी गरेको धितोपत्रहरू बिक्री गर्दा हुने लाभमा साविकबमोजमकै कानुनी व्यवस्था कायम रहेको छ । त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको पाँच प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानुनी व्यवस्थामा कुनै परिवर्तन भएको छैन,” सूचनामा भनिएको छ ।

No description available.

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro