site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन 
SkywellSkywell

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षायाममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

बिहीबार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । 

Dabur Nepal
NIC Asia

उनले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरू आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताए । उनले सशस्त्र प्रहरी बललाई विपद् व्यवथापनका लागि तयारी अवस्थामा रहन आग्रह गरे । 

उनले विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र संकल्पको आवश्यकता रहेको बताए । 
 
“वर्षाको सिजन सुरु हुन लागेको छ । बाढी, पहिरो, डुबानका समस्याहरू देखापर्न सक्छन् । सडकहरुमा पहिरो जाने, बाटो अवरुद्ध हुने, दुर्घटना हुने खतरा बढ्नसक्छ । त्यस्तो स्थितिमा तयारी रहनुस्,” उनले भने, “पहिला तपाईहरूको सीप भन्दा मनको तयारी आवश्यक छ ।” 

उनले सशस्त्र प्रहरीले विगतमा विपद्को समयमा गरेको राहत र उद्दारको काम उदाहरणीय र प्रशंसनीय रहेको पनि बताए । समयमै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेमा विपद्को जोखिम कम हुने भन्दै तयारीमा रहन उनले आग्रह गरे । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu